२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

चोरी भएको शिशु मृत अवस्थामा फेला (भिडियो सहित)

1393 Shares
Spread the love

भदौ ११ -बर्दिबासको महोत्तरीस्थित औरहीबाट चोरेर बेपत्ता बनाएको सात महिने शिशु मृतावस्थामा भेटिएकी छिन् । आइतबार साँझ आफ्नै आमासँग पसलमा खेलिरहेका बेला अपरिचित व्यक्तिले चोरर बेपत्ता पारिएकी औरही नगरपालिका–१ बस्ने सन्तोष चौधरीकी सात महिने छोरी सोनालीको शव खेतमा फालेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

सोनालीलाई आमकै आगाडीबाट एक अपरिचित व्यक्तिले टिपेर हिँडेका र पछि बेपत्ता बनाएको इलाका प्रहरी कार्यालय गौशालाका सई प्रदिप भगतले बताए । भगतका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहको छ । प्रहरीका अनुसार बच्चा च्यापेर पसलबाट लिएर गएको सीसीटीभी क्यामरामासमेत देखिएको र ती बच्चा टिपेर हिँड्ने को हो भन्ने विषयमा खोजतलास भइरहको छ ।

प्रतिक्रिया