२०८३, ८ कार्तिक शनिबार
×

गोकर्णेश्वर नगरपालिका ८ मा संचालित निशुल्क भोजन अभियानको खर्च बिवरण सार्वजनिक

1676 Shares


काठमाडौं / गोकर्णेश्वर नगरपालिका–८ द्वारा संचालित नि:शुल्क खाना खुवाउने अभियानमा सहयोगी दाताहरू मार्फत सहयोग गरिएको नगद तथा खाद्यन्न आज सार्वजनिक गरिएको छ ।

विश्वभर फैलिएको कोरोना रोगको महामारीको समयमा सरकारले जारी राखेको लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने, विहान कमाएर बेलुका हातमुख जोर्ने मजदुर, कामदार, अशक्त, असह्य, अति गरिब विपन्न समुदायहरुको जसको घर परिवार अहिले खाद्यन्नको अभावका चुलो बाल्न मुश्किल भएको बेला पीडितहरुलाई बैशाख ६ गते देखि २०७७ बैशाख २६ गते सम्म बिहान बेलुका खाना खुवाउने अभियानमा नगद तथा खाद्यान्न सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी दाताहरु, सो कार्यमा खटिने स्वयं सेवकहरुलाई आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा साथ वडा कार्यलयबाट धन्यवाद दिनु भएको छ।

उक्त अभियानमा सहयोगी दाताहरुबाट संकलन भएको कुल रकम रु ७,३०,५००/- बाट रु ६,४८,६४१/- रकम खर्च भएको र बाकी भएको रकम रु ८१,८५९/- वडाको राहत कोष खडा गरि जगेडा राख्ने अध्यक्ष मनोज कुमार ढुंगानाले जानकारी दिनु भएको हो ।

प्रतिक्रिया