२०८३, २३ आश्विन शुक्रबार
×

कर्मापा सेवा समाज र कार्गोन कल्याणकारी समितिद्वारा खाद्यान्न सहयोग

1512 Shares

काठमाडौं / गोकर्णेश्वर नगरपालिकाको पहलमा कर्मापा सेवा समाज र कार्गोन कल्याणकारी समितिको सहयोगमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ मा लकडाउनबाट प्रभावितलाई खाद्यान्न वितरण गरेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम गर्न लागु गरिएको लक डाउनका कारण विपन्न, अशक्त, असह्य, ज्यालादारी मजदुर थप संकटमा परेको ७० घर परिवारलाई १५ केजी चामल  दाल २ केजी ,तेल एक लिटर लगायतको अत्यावश्यक खाद्यान्न सामग्री सहयोग गरिएको थियो ।

कार्यक्रममा नेपाली काग्रेस काठमाडौं जिल्ला सभापति  सबुज बानिया (कृष्ण), काठमाडौं जिल्ला कोषाध्यक्ष गोबिन्द पुडासैनी ,गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, नेपाल मेडिकल आधिकारिक ट्रेड युनियनका अध्यक्ष किरण केसी , बेशीगाउ युवा समुहको अध्यक्ष कृष्ण प्रसाद नेपाल लगायत स्थानीयको उपस्थितिमा सामाजिक दुरी कायम गरि खाद्यान्न सामाग्री वितरण गरिएको थिए।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले यस विषम परिस्थितिमा सहयोग गरेकोमा कर्मापा सेवा समाज र कार्गोन कल्याणकारी समितिलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै  सहयोगको अपेक्षा गरेका थिए ।

प्रतिक्रिया