२०८३, १२ आश्विन सोमबार
×

ट्रेन्डिङ

निर्मला हत्या काण्ड : प्रक्राउ परेका बम दिदीबहिनीमाथि अनुसन्धानको लागि ६ दिनको म्याद

3401 Shares
Spread the love

भदौ ११- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका लागि पक्राउ परेका बम दिदीबहिनी रोशनी र बबितालाई अनुसन्धानको लागि ६ दिनको म्याद दिईएको छ ।

सोमबार जिल्ला अदालत कञ्चनपुरले थप अनुसन्धानको लागि ६ दिन हिरासतमा राख्न आदेश दिएको हो । उनीहरु दुवै जनालाई ६ दिनको म्याद थप गरिएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।प्रहरीले अनुसन्धानका लागि ६ दिनको म्याद थपका लागि निवेदन दिएकोमा ६ दिनकै म्याद थप भएको हो । १४ वर्षकी रोशनी र १९ वर्षकी बबितालाई निर्मला पन्त काण्डमा संलग्न रहेको आरोप शनिवार पक्राउ गरेको थियो।

प्रतिक्रिया