२०८३, ९ कार्तिक आईतवार
×

बौद्ध भेट्रान क्लबद्वारा लक डाउन पिडितलाई राहत सहयोग

1532 Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ६ मा रहेको  सामाजिक संस्था बौद्ध भेट्रान क्लबले लक डाउन प्रभावितहरुलाई आज राहत वितरण गरेको छ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरो  ना भाइरसको रोकथाम गर्न लागु गरिएको लक डाउनका कारण विपन्न, अशक्त, असह्य, ज्यालादारी मजदुर थप संकटमा परेको काठमाडौं महानगरपालिका वडा नं ६ स्थित बौद्ध फुटबल  ग्राउण्डमा २५० घर परिवारलाई अत्यावश्यक खाद्यान्न सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा काठमाडौं महानगर पालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा ,गोकर्णेश्वर नगरपालिकाको प्रमुख सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल ,बौद्ध भेट्रान क्लबका अध्यक्ष बिबेक लामा लगायत क्लबका पदाधिकारीहरुको उपस्थितिमा सामाजिक दुरी कायम गर्दै राहत वितरण गरिएको थियो।

 

प्रतिक्रिया