२०८३, २६ आश्विन सोमबार
×

भीजे निखिताको आकर्षक अभिनयमा ‘कसरी’ बजारमा (भिडियो सहित)

5170 Shares

लन्डन । संगीतको कुनै सिमा छैन । कोहीको संगीतमा झुम्ने चाहना ,कोहीको गुन गुनाउने त कोही बाद्यबादनबाट नै आफ्ना कला र शृजना ब्यबस्थापन गरिरहेका हुन्छन । पहिलेका दिनहरुमा गीत(संगित सुन्ने हेर्ने दर्शकहरुको भिड नगन्य थियो नै तर अहिले समय भिन्न छ ।

महाबिनासकारी कोरोना प्रकोपका कारण संसार प्राय लकडाउन छ् । यही लकडाउनको मेसो छोपी नेपाली दर्शक बिच भिन्न सांगीतिक श्रृजना पस्कन घिमिरे प्रयासरत छन ।

प्राय शब्द, संगीत, छायान्कन, सम्पादन सबै उनी आँफै गर्छन । बहुमुमी प्रतिभा बिजयलाई पहिले कभर सिङगरको उपमा दिएर धेरैले माया दिएता पनि आफ्नो साङ्गीतिक कर्मलाई उनले निरन्तरता भने दिईरहे र अहिले प्रायः जसो उनी आफ्नै गीत गाउँछन र फरक शैलीमा आफुलाई चिनाउन प्रयासरत छन ।

आजभोलि उनी भिजे म्युजिक युट्युब च्यानल मार्फत दर्शकमाझ साङ्गीतिक कोशेली पस्किरहेका हुन्छन ।

घिमिरेले स्विजरल्यान्डका बिभिन्न ठाउँमा छायाँङ्कन गरिएको म्युजिक भिडियो छोटो समयमै रिलिज गरे । श्रीमती प्रिती घिमिरेले साथ दिएको गीतमा घिमिरे जोडीको आकर्षक अभिनय देख्न सकिन्छ । उनका प्रायः सबै गीतको छायाँङ्कन यूरोपका बिभिन्न ठाउँमा भएको छ ।

करिब एक बर्ष अघी आइसल्यान्डका बिभिन्न ठाउँमा खिचिएको म्युजिक भिडियो नेपाली साङ्गितिक इतिहासकै पहिलो भएको दाबी गर्छन् घिमिरे।

एक हप्ता मात्रा पुरा नहुँदै भर्खर मात्र उनले एउटा म्युजिक भिडियो रिलिज गरेका छ्न । आर्ट इन मोसनको प्रस्तुति ‘कसरी बोलको भिडियोमा घिमिरे सँगै निकिता थापाको शब्द ,स्वर र संगित सुन्न सकिन्छ । शब्द तथा आवाजसँगै आकर्षक भिडियोले दर्शकको मन जित्नेमा ढुक्क छन उनी ।

जे अथरको संगीतमा सम्पादन गरिएको गीतलाई बेलायतका बिभिन्न स्थानमा छायाँङ्कन गरिएको हो जसलाई ज्याक राइले कुशलतापूर्वक निर्देशन गरेका छन ।

प्रतिक्रिया