२०८३, २३ आश्विन शुक्रबार
×

बरिश्ठ समाजसेवी दिपक सिंह भण्डारीद्वारा विपन्न परिवारलाई नि:शुल्क भोजन सहयोग

1405 Shares

काठमाडौँ – गोकर्णेश्वर नगरपालिका–८ को पहलमा लकडाउन प्रभावित पीडितहरुलाई बरिश्ठ समाजसेवी तथा सामाजिक ब्यक्तित्व श्री दिपक सिंह भण्डारीले बिहान बेलुकाको खानाको लागि सहयोग गर्नु भएको छ।

 

विश्वभर फैलिएको कोरोना रोगको महामारीको समयमा सरकारले जारी राखेको लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने, विहान कमाएर बेलुका हातमुख जोर्ने मजदुर, कामदार, अति गरिब विपन्न समुदायहरुको जसको घर परिवार अहिले खाद्यन्नको अभावका चुलो बाल्न मुश्किल भएको बेला यसरी निःशुल्क भोजनको प्रबन्ध सराहनिय भएको वडा अध्यक्ष ढुंगानाले बताउनुभयो ।

उहाँले यस्तो परिस्थितीमा सरकारले जारी राखेको लक डाउनलाई यस निःशुल्क भोजनको प्रबन्ध झन प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै निःशुल्क भोजनको प्रबन्ध गर्ने बरिश्ठ समाजसेवी तथा सामाजिक ब्यक्तित्व भण्डारीलाई धन्यवाद दिनु भएको छ ।

वडा अध्यक्ष मनोजकुमार ढुंगानाको सक्रियतामा शुरु गरिएको उक्त अभियानमा वडा सदस्यहरु नन्दलाल श्रेष्ठ, संन्नानी लामा डम्बर बहादुर श्रेष्ठ , सोबिता मिजार्को साथै बेशी गाउ युवा समूह, अत्तरखेल युवा समाज, डाँडा गाउ टोल सुधार समिति र माशिक सय अभियानका स्वयंसेवकहरुले खाना खुवाउने काममा सहयोगी भूमिका खेलेका थिए ।

उनले गोकर्णेश्वर नगरपालिका वडा नं ८ को बिभिन् स्थानमा खाना खुवाइएको जानकारी गराए। बिहान ९:३० बजे देखि ११ बजे सम्म र बेलुका ६ बजे देखि ७ बजे सम्म सामाजिक दुरी कायम गर्दै सुरक्षित तवरले तयारी खानाको प्याकेट वितरण गरेको जसमा दाल भात तरकारी समाबेश गरिएको पनि बताए। उनले डाडा गाउँ ,महांकाल भैरब मन्दिर,सरस्वती स्कुल प्राङ्गण,राधा कृष्ण मन्दिर प्रांगण ,बुद्धचोक अत्तरखेल र प्रगती चोक माकलबारीमा खाना खुवाइएको बताए। सो कार्यमा खटिने स्वयं सेवकहरुलाइ धन्यवाद दिएका छन्

प्रतिक्रिया