२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधिशमा ओमप्रकाश मिश्रको नाम सिफारिस

1199 Shares
Spread the love

काठमाडौँ । संवैधानिक परिषदले प्रधानन्यायाधिशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ। काठमाडौँ । संवैधानिक परिषदले प्रधानन्यायाधिशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ।

संवैधानिक परिषदको बिहिबार बसेको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधिश मिश्रलाईं प्रधान्यायाधिशमा सिफारिस गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधिश मिश्रलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको परिषदका सदस्य एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए।

प्र्रधानन्यायाधिशमा प्रस्तावित दिपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्विकृत गरेपछि संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश मिश्रलाई प्रधानन्यायाधिशमा सिफारिस गरेको हो।

सो सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरे राष्ट्रपति विद्या भण्डारीले मिश्रलाई प्रधानन्यायाधिशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया