२०८३, ९ कार्तिक आईतवार
×

भरतपुर कोरोना अस्पताल काण्डमा नयाँ ट्वीस्ट : छानविन समितिको संयोजकबाट राजु पौडेल बाहिरीए

1498 Shares

चितवन । भरतपुर कोरोना अस्पतालमा चोरीको भिडियो सार्वजनिक भइसके पछि विभिन्न घटना क्रमहरु भइरहेका छन् । आझै अख्तियारले भरतपुर कोरोना अस्पतालमा छाँपा मारेको छ भने नयाँ घटना क्रममा छानविन समितिका संयोजक बनाएका राजु पौडेल समितिबाट बाहिरिएका छन् ।

चितवन उद्योग संघको अध्यक्ष समेत रहेका राजु पौडेलले भरतपुर कोरोना नियन्त्रण कार्यदलको संयोजकको नाममा पत्र लेख्दै छानविन समितिको संयोजकमा रही काम गर्न असर्मथ रहेको जनाएका हुँन । पत्रमा पौडेलले समितिमा रही काम गर्नु पूर्वनै सो घटना सम्बन्धमा राजनीतिक हिसाब बाट बक्तव्य तथा टिकाटिप्पणी र सुचनाहरु सार्वजनिक भइसकेको अवस्थामा चितवन उद्योग संघ जस्तो निष्पक्ष र गैरराजनीतिक सामाजिक संस्थाको अध्यक्षको हैसियतले सो छानविन समितिमा काम गर्न नसक्ने उल्लेल गरेका छन् ।

भरतपुर कोरोना अस्पताल बाट विभिन्न स्वास्थ्य सामाग्री लगायत समानहरुको चोरीको घटनाको भिडियो विभिन्न सञ्चार माध्यममा सार्वजनिक भए पछि छानविनका लागि यस अघि चितवन उद्योग संघका राजु पौडेलको संयोजकतामा छानबिन समिति गठन गरिएको थियो ।

प्रतिक्रिया