२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

स्व. निल प्रसाद भण्डारी फाउन्डेसनद्वारा विपन्न परिवारलाई राहत सहयोग

2517 Shares

काठमाडौं, स्वर्गीय निल प्रसाद भण्डारी फाउन्डेसनले १५ घर परिवारलाई राहत वितरण गरेको छ। 

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम गर्न निरंन्तर भैइरहेको लक डाउनबाट गुजारा चलाउन समस्यामा पर्न गई यस्तो बिषम परिस्थितिमा अखिल नेपाल यातायात मजदुर संघ गोकर्ण ईकाईमा कार्यरत चालक परिचालकहरुको १५ परिवारलाई अत्यावश्यक खाद्यान्न सामग्री सहयोग गरेको छ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेशी गाउ स्थित भेनस मोडमा उक्त राहत वितरण गरेको हो।  

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा सदस्य तथा समाज सेवी नन्दलाल श्रेष्ठ , स्व. निल प्रसाद भण्डारी फाउन्डेसनका अध्यक्ष समाजसेवी श्री उत्तमप्रसाद भण्डारिको उपस्थितिमा सामाजिक दुरी कायम गर्दै राहत वितरण गरिएको थियो।

कोरोना भाइरसका कारण देश लकडाउन भएका बेला खाद्यान्न अभाव भए फाउन्डेसनले सकेजति सहयोग गर्ने अध्यक्ष भण्डारीले जानकारी दिए ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा सदस्य श्रेष्ठले फाउन्डेसनका अध्यक्ष भण्डारीज्युलाई  धन्यवाद  दिदै संकटको घडिमा सबै मिलेर अघि बद्नु पर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया