
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलदै गर्दा विवाह बन्धनमा बाँधिएका अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडीले लकडाउनलाई फरक रुपमा सदुपयोग गरिरहेका छन् ।
दुुईपटक इन्गेजमेन्ट गरेर मात्र होइन बिहेअघि दुवैले उस्तै शैलीमा गरेको ब्याचलर पार्टीले पनि उनीहरु चर्चामा आए । तर यतिबेला यो जोडीले लकडाउनको समयलाई रोमान्स मात्र जनचेतनामुलक काम गरेर पनि चर्चा पाइरहेका छन् ।
जोडीले प्रियंकाको आधिकारीक युट्युब च्यानलमा कोरोना भाइरसबारे चेतनामुलक सामाग्री तयार मात्र पारेका छैनन्, अन्य जनचेतनामुलक काममा पनि सहभागिता जनाइरहेका छन् । प्रियंकाले एक कचौरा खाना, एक कचौरा पानी अभियान चलाइरहेकी छन् ।
गत फागुुन १५ मा विवाह गरेका जोडी कोरोना भाइरसको सन्त्रास र लकडाउनका कारण हनिमुुन जान भने पाएको छैन । हरेक पललाई विशेष बनाउँदै आएको जोडीले बिहेपछि विशेष हनिमुुनको तयारी गरेपनि संभव नभएको बताएका छन् । घुमघाम र रोमान्समा रमाउने यो जोडी यतिबेला क्वारेन्टाइनमा बसिरहेका छन् । तर हनिमुन भने अन्योलमा छ ।
यद्यपी, हनिमुन जान नपाए पनि घरभित्रैबाट लकडाउनका रोमान्टिक तस्बिरहरु सामाजिक संजालमा पोष्ट गरिरहेका छन् ।