काठमाडौं । प्रहरी प्रधान कार्यालयले सांसद डा.सुरेन्द्र यादव अपहरणको जोहरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको छ ।
प्रहरीले आइतबार सांसद अपहरण गर्नेविरुद्ध कारबाहीको माग गर्दै जाहेरी दिन पुगेका जनता समाजवादी पार्टीका नेताहरुको जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि प्रहरी प्रधान कार्यालयले यस्तो निर्देशन दिएको हो। प्रहरी प्रवक्ता निरजबहादुर शाहीले अपहरण जस्तो गम्भीर मुद्धामा अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रहरी प्रधान कार्यालयले कानुनअनुसार रितपूर्वक आएको जाहेरी दता गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको हो। प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंलाई जोहरी दर्ता गरेर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको प्रवक्ता शाहीले बताए।
प्रहरी प्रधान कार्यालयले कानुनअनुसार रितपूर्वक आएको जाहेरी दता गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको हो।
उनका अनुसार स्थानीय अधिकारीले दर्ता गर्न उचित ठानेमा कारवाही अगाडि बढ्नेछ। सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा नेकपा सांसद महेश बस्नेत, सांसद किसान श्रेष्ठ र पूर्वआईजी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दिन डा. बाबुराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव लगायतका नेताहरु आइतबार महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए।
तर, काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले महोत्तरी जान सुझाव दिएका थिए। पार्टी फुटाउने योजनासहित जनकपुरबाट अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखिएको थियो। तर बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएका थिए।
उनलाई बुधबार जनकपुरबाट अपहरण गरेको बताइएको छ। सांसद यादवले आफूलाई ज्यान मार्ने धम्की आएको बताउँदै आएका छन्। उनले आफूलाई पार्टी फुटाउने योजनासहित जनकपुरबाट अपहरण गरेको आरोप लगाउँदै आइरहेका छन्। सांसद अपहरण प्रकरणले यतिबेला राजनीतिक वृत्त चर्चामा रहेको छ।