२०८१, ६ असार बुधबार
×

ट्रेन्डिङ

लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयले दियो निर्देशन

1764 Shares

काठमाडौं। गृह मन्त्रालयले लकडाउनको उल्लंघन बढेको भन्दै कडाई गर्न मातहत निकायलाई निर्देशन दिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयले सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

सडकमा सवारी साधनको चाप बढेको र लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारीलाई चल्न नदिन  भनेको हो ।

गृहको परिपत्रलगत्तै प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई कारबाही पनि थालेको छ । केही दिन यता स्थानीय तहहरुले आ–आफ्ना क्षेत्रमा बस्नेहरुलाई काठमाडौंबाट लगिरहेका छन् । यसैगरी विराटनगरबाट करिब सय जनाको हाराहारीमा यात्रु काठमाडौं आएका छन् ।

प्रतिक्रिया