२०८२, २९ बैशाख सोमबार
×

ट्रेन्डिङ

लायन्स क्लबले दियो सरकारलाई ५७ लाखको स्वास्थ्य सामग्री

1564 Shares

काठमाडौं , लायन्स क्लब इन्टरनेसनलले सरकारलाई ५७ लाख ४९ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

लायन्स क्लबले स्वास्थ्य मन्त्रालयलाई नेपालमा प्रबेश गरेको कोरोना नियन्त्रण तथा रोकथामका लागि क्लबले पीपीई दुई हजार सेट, केएन नाइन्टी फाइभ मास्क पाँच हजार थान, सर्जिकल ग्लब्स पाँच हजार जोर र एक्जामिनेसन्स ग्लब्स २० हजार थान प्रदान गरेको हो ।

लायन्स क्लब इन्टरनेसनलका जिएटी एरिया लिडर लायन खगेन्द्र सिटौलाले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सो सामाग्री हस्तान्तरण गरेका हुन ।उक्त कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक ३२५ ए १ का  इमिडेट पास्ट गभर्नर लायन अनन्त प्रसाद भेटुवाल, वर्तमान डिस्ट्रिक ३२५ ए१ का फर्स्ट डिस्ट्रिक भाइस गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पूर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी सहित लायन्स लिडरहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले संकटको बेला गरेको सहयोगको लागि लायन्स क्लबलाइ धन्यवाद दिएका थिए ।

लायन्स क्लबले महामारीको रुपमा फैलिएको कोभिड -१९ मा नेपालका बिभिन्न अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई पीपीइ, KN/N95 मास्क सर्जिकल मास्क सर्जिकल ग्लोभ्स वितरण गर्नुको साथै पूर्व मेची देखि महाकाली सम्म अलपत्र परेका एबम खानको समस्या भएका ब्यक्तिहरुलाई बिभिन्न संस्थाहरुलाई सम्भब भए सम्म खाद्यान्न एबम अत्यावश्यक अन्य सामग्रीहरु उपलब्ध गराउदै आइरहेको छ।

यस महामारीमा संस्थागतरुपमा नै नेपाल सरकारलाइ सहयोग गर्ने उदेश्यका साथ् ५७ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री  माननीय स्वास्थ्य मन्त्री मार्फत नेपाल सरकारलाइ हस्तान्तरण गरिएको लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का इमिडेट पास्ट गभर्नर लायन अनन्त प्रसाद भेटुवालले जानकारी दिए ।

लायन्सका नेपालमा १३ सयभन्दा बढी क्लब शाखा र त्यसमा आवद्ध ३३ हजारभन्दा बढी लायन सदस्यहरू  रहेका   छन् ।

फोटो :सरोज बस्नेत

प्रतिक्रिया