1506
Shares

काठमाडौं । इङ्गलिस प्रिमियर क्लब चेल्सीले खेलाडीको तलब कटौती नगर्ने भएको छ ।
कोरोना भाइरसका कारण आर्थिक संकटबाट गुज्रिरहेका युरोपका क्लबहरुले धमाधम खेलाडीकोे तलब कटौती गरिरहेको बेला चेल्सीले भने पहिलो टोलीको पारिश्रमिक कटौती नगर्ने भएको हो ।
खेलाडीसहितका कर्मचारीलाई पुरै तलब दिन लण्डन क्लब चेल्सी सहमत भएको छ ।
यसअघि चेल्सीले खेलाडीको तलबमा १० प्रतिशतले कटौती गर्ने प्रस्ताव गरेको थियो ।
तलब कटौतीको बिषयमा क्लब र खेलाडीबीच निरन्तर छलफल भएपछि अन्ततः कटौती नगर्ने निर्णय भएको हो ।
चेल्सीको बोर्ड बैठकले विभिन्न च्यारिटीमा सहयोग गर्न भने खेलाडीहरुमा आग्रह गरेको छ ।