
विश्वमा बिभिन्न खालको संकटहरु आई परिनै रहेको हुन्छ । जुन संकटले हरेक पेशामा प्रतक्ष तथा अप्रतक्ष रुपमा असर पर्न जान्छ । तर दुनियामा यस्तो एक पेशा थियो । जस्लाई कुनै संकटले प्रभाव पार्ने थिएन । पछिल्लो समयको कोरोना महामरीले भने यौन पेशालाई समेत संकटमा पारेको छ ।
कोरोना भाईरसका कारण सबै भन्दा धेरै संकट यौन ब्यवसायमा नै परेको बताईएको छ । अमेरीका बेलायत लगाएत कोरोना बढि प्रभाबित क्षत्रेमा यौन कर्मीहरुको पेशा संकटमा परेको त्याहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । झण्डै १० लाख पेशेवर यौनकर्मी रहेको अमेरिकामा पछिल्लो महिना तिर ग्राहक पाएका छैनन् । जस्का कारण उनिहरुको यौन व्यवसाय ठप्प परेको छ ।
उता बेलायतमा यौनकर्मीहरूले आफूहरू बेरोजगार बनेको भन्दै सरकारसँग आर्थिक सहयोगको माग गरेका बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।अमेरिकामा ठूलो संख्यामा महिला यौनकर्मी मात्र नभई पुरुष यौनकर्मीहरु पनि संकटमा पारेको बताईन्छ । अमेरिकामा मात्र होइन बेलायतमा पनि हजारौँ यौनकर्मीहरू बेखर्ची हुने अवस्थामा आएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् । बेलायतमा यौनकर्मीहरूले आफूहरू बेरोजगार बनेको भन्दै सरकारसँग आर्थिक सहयोगको माग गरेका छन् ।
यौन व्यवसायमा संलग्न व्यक्तिहरू रहेका युरोपेली मुलुकहरू फ्रान्स, जर्मनी तथा स्पेनमा समेत लाखौं यौनकर्मीहरू कामविहीन बनेको बताईएको छ ।