२०८३, २३ आश्विन शुक्रबार
×

विश्वभर कोरोनाको कारण अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्न प्रधानमन्त्रीलाई आग्रह

4765 Shares

न्यूयोर्क, विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने महान उदेश्यका साथ स्थापना भएको विशुद्ध सामाजिक संस्था हामी नेपाली ग्लोबलले अमेरिकाको न्यूयोर्क स्थित नेपाली राजदूतावास मार्फत एक ज्ञापन–पत्र बुझाएको छ।

विश्वभर कोरोनाभाइरसको संक्रमण महामारीको कारण विश्वभरका नेपालीहरुलाई परेको समस्या र त्यसको समाधानलाई प्रमुख प्राथमिकता दिनु पर्यो भन्दै हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले ज्ञापन–पत्र बुझाएको हो।

ज्ञापन–पत्रमा भनिएको छ, कोरोनाभाइरसको संक्रमणको कारण विश्व आक्रान्त बनिरहेको अवस्थामा नेपाल र नेपाली पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा मारमा परेका छन् ।

देशभित्र , देशवाहिर रहेका हरेक नेपालीहरुकाे विषम् परिस्थितिलाई मध्येनजर गरी चाँडाे भन्दा चाँडाे उद्भार गर्न आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन-पत्रमार्फत ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया