
पूर्वसांसद एवं नेपाली कांग्रेस क्षेत्र नम्बर १ काभ्रेका सभापति तिर्थ लामा र युवा नेता दावा लामाले अति विपन्न तथा लक्षित परिवारलाई राहत सहयोग गरेको छ।
नेपाल तरुण दल क्षेत्र नम्बर ३ गोकर्णेश्वर नगरपालिका वाड ५ नेपाल तरुण अध्यक्ष कर्ण बहादुर लामाको पहलमा ७४ घर परिवारलाई राहत वितरण गरेको हो।
विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम गर्न लागु गरिएको लक डाउनका कारण विपन्न, अशक्त, असह्य, ज्यालादारी मजदुर थप संकटमा परेको छ । यसलाई मध्यनजर गरी ७४ घर परिवारलाई १५ केजी चामल , १ केजी दाल, नुन र तेल अत्यावश्यक खाद्यान्न सामग्री सहयोग गरेको थियो ।
गोकर्णेश्वर नगरपालिका वाड ५ स्थित नयाँ बस्ती युवा क्लबमा सो राहत वितरण गरेको हो।
कार्यक्रममा प्रदेश ३ प्रदेश सभा सदस्य नेपाली कांग्रेस सचेतक छिरिङ दोर्जे लामा , गोकर्णेश्वर नगरपालिका नगर प्रवक्ता मनोज कुमार दुंगाना, वडा नं ५ का अध्यक्ष नारायण बहादुर सुवेदी , वडा नं ६ का अध्यक्ष रमेश अर्याल , बेशी गाउ युवा समूहका अध्यक्ष कृष्ण प्रसाद नेपाल र बरिस्ठ नायिका चादनी लामाको उपस्थितिमा सामाजिक दुरी कायम गर्दै राहत वितरण गरिएको थियो।
सहयोगी दाताहरूलाई धन्यबाद दिदै प्रदेश ३ प्रदेश सभा सदस्य नेपाली कांग्रेस सचेतक माननीय छिरिङ दोर्जे लामाले संकटको घडिमा सबै मिलेर अघि बद्नु पर्नेमा जोड दिएका थिए।