अर्घाखाँची । गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको किराना पसलमा सोमबार दिउँसो आगलागी हुदा १ जनाको मृत्यु भएको छ । आगलागीमा परि २ जना घाइते भएका छन् ।
बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक पूर्ण बहादुर खनालका छोरा १६ वर्षीय छोरा समिर खनालको मृत्यु भएको हो । आगलागीमा परेर मृतकको बाबु पुर्ण बहादुर खनाल र आमा रूपा खनाल गम्भीर घाईते भएको गुल्मीका जिल्ला प्रहरी निरिक्षक राजकुमार रावलले जानकारी दिए । आगलागीले पसलको सबै सामग्री जलेर नष्ट भएको छ । घाईते दुबै जनालाई पाल्पा अस्पतालमा उपचारका लागि लगिएको छ । अहिले घटनास्थलबाट सवको मुचुल्का तयार गरि जिल्ला अस्पताल गुल्मी लैजाने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
घरबाटै डिजल, पेट्रोलसमेत विक्री गर्दै आएकाले तत्काल आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।घटनाको क्षतिको आउन बाँकी रहेको छ भने आगो करिव २ घण्टा पछि प्रहरी र स्थानियको प्रयासमा नियन्त्रणमा आएको बताईएको छ ।