२०८३, २५ श्रावण सोमबार
×

ट्रेन्डिङ

ताप्लेजुङमा किशोरीमाथि सामूहिक बलात्कार

1243 Shares
Spread the love

ताप्लेजुङ : ताप्लेजुङमा बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । मैवाखोला गाउँपालिकामा एक किशोरीलाई भदौ ४ गते दुईजनाले बलात्कार गरेका हुन् ।

किशोरीलाई घर नजिकको कोदोबारीमा बलात्कार गरेको घटना सार्वजनिक भएको हो । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा त्यही गाउँपालिका–५ का २३ वर्षीय कमल लिम्बूलाई प्रहरीले बुधबार पक्राउन गरेको छ ।

अर्का आरोपित २० वर्षीय सुनम थोप्रा फरार रहेका छन् । फरार अभियुक्तको खोजी भइरहेको ताप्लेजुङका प्रहरी प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । पीडितका बाबुले प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा एकजना आरोपितलाई पक्राउ गरिएको बस्नेतले बताए ।

प्रतिक्रिया