२०८१, ६ असार बुधबार
×

ट्रेन्डिङ

धार्चुलाको क्वारेन्टिनमै आमाको किरिया बसेका भट्ट बल्ल पाए नेपाल आउन

870 Shares

काठमाडौं, बैशाख ७ । आमाको मृत्युमा पनि सद्गत गर्न घर आउन नपाएका दार्जुलाका बासुदेव भट्टका लागि सरकारले आज (आइतबार) बल्ल नेपाल आउन दिएको छ ।

भारतको धार्चुलास्थित बलुवाकोटस्थित शिविरको क्वारेन्टिनमै कोरामा बसेका भट्टलाई आइतबार नेपाल आउन दिइएको हो । घरमा आमाको निधन भए पनि लकडाउनका कारण गरिएको नेपाल भारत सीमा सरकारले नखोलिदिँदा उनी धार्चुलाको शिविरमै किरिया बस्न बाध्य भएका थिए ।
दार्चुला शैल्यशिखर नगरपालिका–१ का उनको आमाको गत मंगलबार साँझ हृदयाघातका कारण निधन भएको थियो ।

तर सर्वत्रको दबाब, आलोचना र आग्रहपछि सरकारले भट्टलाई ६ दिनपछि आफ्नो घर आउन दिइएको हो । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी तेजसिंह कुँवरले आाइतबार २ बजेतिर भट्टलाई नेपाल ल्याएका हुन् ।

गत फागुनमा मजदुरी गर्न भारत पुगेका भट्ट लकडाउनका कारण सीमासम्म आइपुगेर पनि नेपाल आउन पाएका थिएनन् । भट्टलाई कोरोनाको र्यापिड परीक्षणपछि प्रहरीले नै घर पुर्याइदिने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया