२०८३, १६ असार मंगलवार
×

ट्रेन्डिङ

राष्ट्रिय फुटबल टिमको कार्यवाहक प्रशिक्षकमा बालगोपाल नियुक्त

2117 Shares
Spread the love

बालगोपाल महर्जनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको कार्यवाहक प्रशिक्षकमा नियुक्त गरेको छ।

सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको एन्फाको आपतकालीन बैठकले मुख्य प्रशिक्षक ग्यातुकी कोजीलाई प्रशिक्षकको जिम्मेवारीबाट मुक्त गर्दै कार्यवाहक प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि महर्जन राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकका रूपमा काम गर्दै आएका थिए।

अवैधरूपमा नेपाल बस्दै आएका कोजीलाई अध्यागमन विभागले एक वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाएपछि एन्फाले आसन्न साफ फुटबललाई लक्षित गर्दै महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो।

कोजी नेपाल प्रवेश गर्न नपाउने भएपछि आसन्न साफ फुटबलको नेतृत्व कसले लिने भन्ने विषयमा अन्यौलता सिर्जना भएको थियो।

महर्जनले अब बंगलादेशमा हुने साफ फुटबलमा कार्यवाहक मुख्य प्रशिक्षकको रूपमा नेपाली टिमको नेतृत्व गर्नेछन्। कोजीको प्रशिक्षणमा रहेको नेपाली युवा टोलीले एशियाडमा खराब नतिजा निकालेको थियो।

यसअघि एन्फाले राष्ट्रिय फुटबल टिम समाल्ने गरी २०७२ साल फागुनमा मुख्य प्रशिक्षकमा कोजीलाई दुई वर्षका लागि नियुक्त गरेको थियो।

साफ प्रतियोगिता जिताउने जिम्मेवारीसहित एन्फाले गत फागुनमा कोजीसँग सम्झौता नविकरण गरेको थियो। कोजीको नेतृत्वमा नेपालले सोलिडारिटी कपको उपाधि उचालेको थियो।

प्रतिक्रिया