२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

को हुन् १४ कोरोना भाइरसको नयाँ संक्रमित (सूचीसहित)

1251 Shares

काठमाडौं, कोरोना भाइरसको नयाँ संक्रमित एकै दिन १४ जना थपिएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ३० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको नयाँ संक्रमित १४ जना भएको पुष्टि गरेको छ । उनीहरुमध्ये उदयपुर जिल्लाबाट १२ जना छन् । जसमध्ये १० जना भारतीय नागरिक हुन् ।

इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले १४ जना संक्रमित थपिएको जानकारी दिए । उनीहरु एकै ठाउँमा बसेको डा. पाण्डेले नेपाल टेलिभिजनलाई जानकारी दिए । उनीहरु भुल्केस्थित नुरी मस्जिदमा भेटिएका थिए ।

संक्रमितमध्ये उदयपुरका १२ जना नै पुरुष छन् । सबै युवा छन् । यसैगरी चितवनमा २ जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरु २७ वर्षीय पुरुष र ६३ वर्षीया महिला छन् ।

को को थपिएका नयाँ संक्रमित
१७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ३४ वर्षीय भारतीय पुरुष
१८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष
१९. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २६ वर्षीय भारतीय पुरुष
२०. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष
२१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष
२२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष
२३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष
२४. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २२ वर्षीय भारतीय पुरुष
२५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २५ वर्षीय भारतीय पुरुष
२६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २० वर्षीय भारतीय पुरुष
२७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ४० वर्षीय पुरुष
२८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय पुरुष
२९. २७ वर्षका युवक राप्ती नगरपालिका घर भएका हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका थिए ।
३०. ६३ वर्षीया महिला राप्ती नगरपालिका घर भएकी हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका युवककै आमा हुन् । उनी छोरासँगै फर्किएकी थिइन् ।

प्रतिक्रिया