२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

नेपालमा एकैदिन १४ जनामा कोरोना भेटियो, संक्रमितको संख्या ३० पुग्यो

1572 Shares
Spread the love

नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएका छन्। उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ।
शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन्। यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका–८ का आमा छोरा हुन्।


उदयपुरकाे एक मस्जिदमा भेटिएका १२ मध्ये अधिकांश भारतीय नागरिक रहेकाे बताइएकाे छ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वाशुदेव पाण्डेले एकैदिन १४ जनामा संक्रमण पुष्टि भएसँगै जोखिम बढेको र थप सतर्कता अपनाउनु पर्ने देखिएको बताए।

प्रतिक्रिया