२०८१, ५ चैत्र बुधबार
×

ट्रेन्डिङ

विश्व परिदृष्य र अहिलेको नेपाल

2131 Shares

संसारभरी छरिएर रहेकाहरु आआफ्नो देश फर्कन चाहन्छन् घर, परिवार देश भन्ने बिषयको दासत्व धेरै बाक्लो प्रारुपमा मानवीय समवेदनाकोभित्रसम्म पसेकोछ

रंग, सम्पती, प्रतिष्ठा, धर्मको आधारमा गरिनेबिभेदको अत्यासलाग्दो क्रुरता फेरि देखिन थालेकोछ चिन्तक बर्टन्डरसलले भनेझै अन्धदेशभक्तीको लर्को पनि सतहमा आएको टोलटोलको प्रवेषद्धारमा बाह्य मान्छेलाई निषेधीत क्षेत्रको तूल, बोर्ड टाँगेरटोलभित्र अश्लिल चलचित्र हेरिरहेका, तास खेलीरहेका, सामाजिकसञ्जालमा जे()लीइरहेका, मदिरापानमा आँखा लठ्याइरहेकाजीवनप्रेमीहरुलाई जति रोगको भय त्यो भन्दा कैयौं गुणा सामान्य श्रमगर्नेहरुलाई

मृत्यु भइहालेमा पनि आफ्नो देश, टोलमा गएर मर्न पाउभन्ने सोच सबैले पालेका छन् सम्पन्न पहुँच भएका देशले आफ्नानागरीकहरुलाई उद्धार गरिरहेकाछन् तर नेपाल, भारत जस्ता देशहरुकोअवस्था जहाँ छौ त्यही बसौ, सुरक्षित रहौं भनेर गरिबीको चरमलाचारीपना देखाइरहेकाछन्

कृषिप्रधान देशको नारा लाउनेहरुले देखेका छैनन् बिक्री गर्न नपाएकोशोकमा राजमार्गमा दुध पोखाएर शोक मनाएका दुग्ध व्यवसायीहरुकोपिडा दैनिक २५ करोडको घाटा खाइरहेको पोल्टी व्यवसाय अनि मरेकालाखौं कुखुराहरु मौसम छोप्न नसकेर अग्लीएका चियाका पातहरु टिप्ननसकेका चियाबगनाका श्रमीकहरुको पिडा ओलीले देख्न सकेकाछैननगृहनगरमा बनाएको स्वरैकल्पनाको टावरमाथि बसेर पनि खेतीकिसानीगर्न बाली सम्हाउन, हलो जोत्न खेतमा गएका साहसी किसानलाई प्रहरीगएर लठ्ठी बर्षाएको

आक्रमणकारी प्रहरीका निर्देशक गृहमन्त्रीरामबहादुर बादल तिनै पार्टीका नेता हुन् जसले देशको आमूल परिवर्तनकोकुरा जनयुद्धकालमा गर्थे क्रान्तिमा लाग्न जनताको साथ दिन बलियोबाचा गर्थे उनी उनका समकालीन् नेताहरुको दैनिकी हेर्दा उनीहरुलेउपभोग गर्ने बस्तुहरु नेपाली होइनन् बिदेशी छन् यद्यपि राष्ट्रियताको कुरागर्नमा सिमामा भारतले देखाएको दादागिरी सहनु नै यिनको नियती बनेको उनले आह्वान गरेको जनयुद्ध क्रान्तिमा हाम फाल्नेहरु धेरै मरिसके, बाँचेकाहरु अपागं भइ कोही घरमा छन् कोही बिदेशमा शरणार्थी भईसत्ताका सेवकहरुबारे बेखवर छन् देशलाई कृषिप्रधानको रटान लाउनेतर रेमिट्यान्सलाई अर्थतन्त्रको मेरुदण्ड भनेर छाति फुलाउने नेपालीनेताहरुसँग न्युनतम् डाटा छैन, कति नेपालीहरु कुन कुन देशमा के कतिकामले गएकाछन् भन्ने

रिपोर्ट भन्छ, लाखौंको संख्यामा काम गरिरहेकामध्य एसिया तथा अरव मुलुकमा काम गर्ने सबै कामदारहरु बन्दीकारुपमा जीवनयापन गरिरहेकाछन् बेखर्ची भएर पानी पिउदै घर फर्कनेबाटो रुगीरहेकाछन्, पासपोर्ट सिरानीमा हालेर घरपरिवारमाझहाँसीखेलेका सपना देखिरहेकाछन् रेमिट्यान्सको  फुर्ति लाउने नेताहरुभूमिगत भएकाछन् सरकार एकोहोरो उर्दी सरकारी संचारमाध्यममाठोकिरहेकोछ, बिदेशमा रहेकालाई देशमा ल्याउन सकिने अवस्था छैन । 

उनिहरुको श्रम पसिना देशको नाममा उठेको करलाई जीवन संचालन आम्दानीको मुख्य स्रोत बनाउने नेताहरुले जारी गरेको बिज्ञप्ती अक्षम्यखालको तर पनि सबै मौन रहन छन्, देशमा जो लकडाउन द्रव्यखान्कीका बिभिन्न परिकारहरु पकाउने, खाने आत्मरतीमा रमाउनेनेताहरु छन् जो सप्ताहन्तमा बिशेष अनुष्ठान आयोजन गर्छन् जनतालाईघरभित्रै रहीरहन कडा निर्देशन दिन्छन्   अरु देशका कुरा परै भए छिमेकीभारत कालापहाडमा काम गर्नेहरु पनि रोकिएकाछन् यतिखेर

छिमेकी मुलुकको दर्जा पाएको तर दशगजामा दशर्कौदेखी मिच्दै आउने, नाकाबन्दी गर्ने, आपतविपदका समयमा आवश्यक औषधी रोक्ने तरकमशल तरकारी निकासी गर्ने भारतमा काम गर्न गएका नेपालीहरुजीवनआसलाई आफ्नै मातृभूमीमा फर्कि परिवारमाझ बिताउने सोचलेरातोदिन हिंडीरहेकाछन्

सयौं किलोमिटर पैदल यात्रा तय गरेर आफ्नोदेशको सिमामा पुग्दा पनि सरकारले प्रवेश गर्न दिएको छैन दशगजामाभोक, शोकमा हजारौं नेपालीहरु रातको चिसो दिनको तातो घामकटाइरहेकाछन्

पौडन सक्नेहरु सिमाको नदी तरेर आएका छन् तरप्रहरीले धमाधम पक्राउ गरिरहेकोछ प्रधानमन्त्री ओली जसरीपरराष्ट्रमन्त्री ज्ञावलीको शैक्षिक योग्यतामाथि धेरै पहिले प्रश्न उब्जिएपनिपढेरभन्दा परेर जानी आएको होलान् काम देखाउलान् भनेको अहिलेआएर उनको नीतिमाथि विचार गर्दा विदेशनीति पूर्णतया असफल सावितभएकोछ

उनी केवल चिनीया प्रवक्ता जसरी देशका उत्तरीसिमा खुलागर्ने, आवश्यक सामाग्री ल्याउने कुरा गर्छन् बैदिक रुपमा नजिकमानिएको भारतीयको अस्तित्वलाई अस्विकार गर्छन् वा चिढाउने नियतलेचम्चाकोरुपमा खाना कसैलाई खुवाइरहेकाछन्, फाइदा कसैलाईपुर्याइरहेकाछन् युएइ लगायतका देशले आफ्ना नागरीक फिर्तानलिनेमाथि कारवाहीस्वरुप श्रमसम्झौता रद्द गर्ने धारणा प्रकाशितगरिसकेकाछन्

जसले गर्दा लाखौं नेपालीहरु रोगको शोक भन्दा पनिदेश फर्कन नपाएको भोकमा दिनानुदिन मानसिकरुपमा कमजोरभइरहेकाछन् त्यसको उचित व्यवस्थपन हुन सकेकोछैन पानीट्याकींमापैसा भेटिएका प्रमाण हुँदा पनि चोखीएका इश्वर पोख्रेल ओलीको बेटरहाफ बनेर जनताको दैनिकी जीवनलाई अझ पिडामा धकेलीरहेकाछन् राजालाई तल्लो दर्जामा राखेर भाषण गर्ने पाषाण हृदय लिएर उनै राजाकोहातबाट करोड सहयोग राशीको चेक कोरोना केयरमा दाखीला गराउनपाएकोमा दंग परेकाछन् कोही स्रोत खुलाउने कुरा पनि गर्छन् तरसदस्यसाथीहरु पैसा आएकोमा अहोभाव प्रकट गर्दै यसरी नै झोला भरिनेआसमा नाचीरहेकाछन्

आपसमा तिब्र बेमेल भएपनि भन्नलाई देशमा कम्युनिष्टको दुइतिहाइकोबलियो (कमजोर) सरकार उनीहरुकै भाषामा यो ऐतिहासीक हो तरअनियमितता भएका बिषयको चागंपनि ऐतिहासीक बाक्लो चाक्लो कुनैबेला राज्य विरुद्धको कसुरमा अराजनीतिक तत्वकारुपमा सरदर १४बर्ष जेलमा बिताएका भनिएका खड्गप्रशाद ओली अहिले प्रधानमन्त्रीकोकुर्चिमा छन् देशको आवस्था पनि गोलघरभन्दा कम आपद्को छैनजहिले देखि ओली पदमा आसीन भएकाछन्

भिमसेन थापा लाई पहिलोप्रधानमन्त्री मानेर गन्ती गर्ने हो भने वा प्रजातन्त्रको काँध थाप्ने बिपीकोइराला पछिका प्रधानमन्त्रीको बृतान्त हेर्ने हो भने सर्वाधिक हास्यरसभएका व्यक्तिकारुपमा ओलीलाई लिन सकिन्छ जसका चुट्किलाले एकक्षणको हाँसो दियो, देशका होनहार कमेडियनको रोजीरोटी खोस्यो तरचिरकालीन् आनन्द दिन सकेन लाग्छ उनले जेलजीवनमा धेरै हिन्दीकमिकका पुस्तकहरु हेर्न पाए वा उनको शैक्षिक योग्यताको एकलप्रमाणपत्रका रुपमा हास्यमेवजयेतःको डिग्री रह्यो त्यो कुरा गुह्य नै त्यसैले होला आवश्यक कदम चाल्न नसक्ने असफल प्रधानमन्त्रीकारुपमा यिनको कार्यकालले नाम कमाइरहेकोछ, असफलताका रेकर्डएकपछि अर्को खपाउदै गएको

आफ्नै पार्टीका सहअध्यक्ष प्रचण्डलेकोरोनालाई हराउन, अहिलेको कठिन अवस्थालाई सम्बोधन गर्नसर्वपक्षिय राजनीतिक संयन्त्र बनाऔं कोरोना भगाऔं जस्तोअतिआवश्यक प्रस्तावलाई उनी मास्क लगाएर चाहिदैन भनेर टिढलाग्दोहाँसो हासीरहेकाछन् लाग्छ ओलीका कारण देश अघोषितरुपमा अभाव तनावको जंगलमा पूर्णत जेलमय बनाउन उद्दीप्त छन्

प्रहरी, सेनाआदीको सेवा सुविधा खुम्चाएर उनीहरुको मनोवल बढाउने होइनघटाउनेतर्फ सरकार उन्मुख भएकोछ फिल्डमा खटिने सेवक सरोकारवालाहरु सुरक्षित हुन नसकेको अवस्था सिमामा खटिएकासशस्त्र प्रहरी जवानहरुलाई भारतीयले इटाढुंगा प्रहार गरीरहेकाछन्, यताओली भ्रष्टहरुको खालमा थाल ठटाएर बसेकाछन् तीनैआक्रमणकारीका प्रधानमन्त्री मोदीले के भन्लान् त्यही अवस्था यता लागुगरांैला भनि ढुकेर बसेकाछन्

स्वास्थ्यमन्त्री देशमा चाहीने आवश्यकउपकरण खरीदको भ्रष्ट बनि कालोकुवामा पौडिरहेकाछन्, स्वास्थ्यसामाग्री आउँछ चिन्ता नगर्नोस् भन्दै कमिसनको हिसाबमा लागीहरेकाछन् तत्काल आवश्यक पर्ने स्वास्थ्य सामाग्रीका फाइल कहिले मन्त्रालयकहिले सैनिक मुख्यालयमा घुमिरहेकोछ यता जनता संसय सँगालेरलकडाउन पालना गर्दै सुनौला दिनको प्रतिक्षा गरिरहेकाछन्

अर्थमन्त्रीकोशारिरीक काया जति सुडौल उती नै आर्थिक पारदर्शीता उदारता, विकासको गति भद्दा किसीमले चलिरहेकोछ उनको योग्यता भनेकैओलीको छनोट हो, त्यसबाहेक उनले कुनैबेला सम्हालेको राष्ट्र बैंक, योजना आयोग देखी हाल सम्हालेको अर्थमन्त्रालयको अवस्था चौपटदेखिएको अहिले आएर कोरोनालाई कारण बनाएर चोखिने धूर्तताउनले मास्क लगाएर गरेपनि कोरोना पहिलेदेखि नै देशको अर्थव्यवस्थाक्षिणदिशातर्फ गएको ग्राफले देखाउँदछ

त्यसको सक्कली अनुहार उनलेसरकारबाट बाहीर भएका दिन आमजनतामाझ अवश्य भोग्ने नै छन् उस्तैअग्लो कद भएका पर्यटनमन्त्री नाममात्रको पयर्टन बर्ष सन् २०२० लाईफैलाउन अष्टे«लिया आगलागीको महामारीसँग जुझीरहेकाबेला पर्यटनप्रर्बद्धन गर्न सिड्नी पुगेका थिए उनले संस्कृती मन्त्रालय पनि सम्हालेकाछन् तर प्रचार सन् २०२०लाई सफल बनाउन भाषणका क्रममास्वभाविकरुपमा अंगे्रजि अशुद्धी अस्वाभाविकरुपमा नेपाली भाषाअशुद्धी उच्चारण गरेकोमा सबैजना बिस्मीत हुनु कुनै आश्चर्यको कुरा भएन देशको करोडौं रकम दशरथ रंगशालामा उद्घाटनका नाममा खर्चेका थिएत्यसको हिसाबकिताब अहिलेसम्म मिल्न सकेकोछैन

अहिले विमानखरिद गर्दादेखीको फाइल होस् वा चार्टड गर्ने निहुँमा अपेक्षितरुपमाचलखेल गरिरहेकाछन् उनको सक्रियता भ्रमण बर्ष सन् २०२० देखिकोकोरोना रोकथाम संयन्त्रसम्म जोडिदा आस गर्ने इन्चभर ठाउँ छैन यस्तोभयावहको अवस्थामा पनि नेताहरु, ठेकेदारसँग मिलेर न्युनतम मानवीयसमवेदनामा पनि बिर्सेर  भएपनि कमाउने दाउमा लागेकाछन्

केन्द्रसरकार क्षेत्र सरकारबीच तारतम्यता मिलेको छैन पहिलो पैसा मानको संयोजन सम्मानजक भएन भन्ने थियो दोस्रो कुराक्षेत्रीयताकोरुपमा भूगोल बाँडफाड गरिहालेको भएपनि सञ्चालनकोआधारभूत चेत नभएका कारण केन्द्र सरकारको हुकुम शैली क्षेत्राधिकारीहरुले पाएको मुख्यमन्त्री तपसिल गणका गण्यमान्यव्यक्तिहरु आफूलाई केन्द्रले दलित व्यवहार गरेकोमा चुर भएका छन् तसर्थ केन्द्रले गरेका कतिपय उर्दीलाई क्षेत्रले अक्षरंश पालना गरिसकेकोअवस्था छैन

कोरोनाको बिषयलाई लिएर काठमाण्डौ बाहिर जानेहरुकालागि केन्द्रले गरेको निणर्यलाई क्षेत्रले नमान्दा घण्टाभरमै तुहिएकोसमाचार चुहेको थियो त्यस्तै महामारीका नाममा जम्मा भएको अर्बौबजेटको उचित वितरण नगर्ने विभिन्न शिर्षकमा निकासा गर्ने चतुरनेताहरु धूर्त कर्मचारीका कारण दश किलो सहायता सामाग्री दिनलाईप्रचार हल्ला फिँजाएर एक क्न्टिल अपमानको भारी बोकाउन सफलभएका छन् दाताहरुका हँसमुख तस्विर हेर्न सकिन्छ

दशक अघिसम्मकुनैपनि भिखारी देख्न नसक्ने नेपालका भूभागमा अहिले भारतीयभिखारीहरुले खचाखच भरिएकाछन् त्यसमाथि अहिले नेपाली पनिथपिएका छन् सबैभन्दा धेरै सिंहदरवारभित्र बसेर जनताको करमाथिरजाइ गरिरहेका उच्चकोटिका साभ्रान्त भिखारीका कारण देशको अवस्थाअहिले कोरोना महामारी भन्दा पनि धेरै नै दयनिय बनेको

सचेतनागरीक समाजका अभियन्ताहरु विरोधमा आउन चाहन्छन् होला तरमाध्यम छैन सरकारले जारी गरेको लकडाउनलाई पालना गर्न सबै घरमाथुनिएकाछन् नेपालको राजनैतिक भविष्य असामान्य किसीमलेअन्धकारतर्फ धकेलिइरहेको भान भइरहेकोछ शिक्षाको अभाव, समवेदनाको दयनिय अवस्था, पैसाप्रधान रुग्ण मानसिकताको शिकारभइरहेका नेताहरुको हविगत शायद आनन्दीत होला भन्नेमा मलाई शंका आर्यघाटमा जलाइने काठमा, बिधुतीय शवगृहमा समेत पैसा खान सक्नेअलौकिक नेपाली नेतागणको गाथा आउने इतिहासका पानामा मधुरो रंगलिएर उड्नेछन्

धन्य हामी, हाम्रा सन्तानहरु उनीहरुको सन्ताप पढ्नबाटबञ्चित हुनेछन् आनन्दीत जीवनयापनमा सरिक हुनेछन्

कृपया शान्त रहौं घरमै बसौं, बिदेशी कमेडीका कार्यक्रमभन्दाप्रधानमन्त्री ओली उनी अन्तर्गत काम गर्ने नेतागणका पुराना फुटेज, भिडीयो, अडियो क्लिप सुनौं उनीहरु अन्र्तवार्ताहरु पुराना अखबारमाअध्ययन गरौं, मनन गरौं पानीजहाज, घरघरमा ग्याँसचुल्हो, स्वरोजगार, उद्योगको सर्वव्यापकता, पर्यटन विकास आदीलाई लिएर आउने बर्षमाअलौकिक कायापलट हुनेछ भन्नेहरुले बाँचेको दुइ बर्ष हेरौं, जनताकोहोइन उनीहरुको निजी समृद्धीबारे चियाऔं

पूर्व प्र.. बाबुरामले भनेझैंचल्तीका नेताहरुको योग्यता क्षमता हेर्दा उनीहरु त्यहाँबाट यहाँसम्मआइपुग्दा कसरी आफू, आफ्नो परिवार आफ्ना मान्छेहरुको आमूलजीवन परिवर्तन गर्न सफल भए त्यस बारे गहिरो चिन्तन गरौं हामीलेबहुमत दिएर सरकारमा पठाएकाहरु खाँचो परेका बखत के कसरी कामआउन सके ? आत्मबोध गरौं, अर्को चुनाउ आउनु पहिले जीवनबचाउतर्फ केन्द्रित होउ हात मात्र होइन स्मृती पनि मिचिमिची सफाबनाऔं बोधो मगज होइन बोधीचित्त सफा बनाऔं अरुलाई चिन्नुपहीले आफैसँग साक्षात्कार गरौं निरोगी रहने बैदिकमार्ग प्रशस्ती गरौं

 

निर्मल कुमार थापा

कलर नेपाल

प्रतिक्रिया