काठमाडौं, हामी नेपाली ग्लोबल र पशुपति अन्नपुर्ण आश्रमको सहयोग र वडाको अनुरोधमा बुधबार राहत वितरण गरिएको हो ।
गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा लकडाउनका कारणले श्रमिक, विपन्न वर्ग, अपाङ्ग, तथा गरिव परिवारलाई दैनिक ज्याला मजदुर गरेर जीविका चलाउने सर्वसाधरणलाई ध्यानमा राखी वडा कार्यलयले राहत लिन छुटेका ब्यक्तिहरुलाई राहत वितरण गरेको छ।

कार्यक्रममा वडा नं ८ का प्रवक्ता तथा वडा अध्यक्ष मनोज कुमार दुंगाना , हामी नेपाली ग्लोवलका नेपाल काउन्सुलर नारायण श्रेष्ठ, बेशी गाउ युवा समाजका अध्यक्ष कृष्ण प्रसाद नेपाल , अत्तरखेल युवा समाजका अध्यक्ष सुमन लामा, राज तामाङ्ग लगायतको उपस्थितिमा वडा नं ८ मा बसोबास गर्ने ४० घर परिवारलाई सामाजिक दुरी कायम गर्दै राहत वितरण गरिएको थियो।

सो कार्यमा बेशी गाउ युवा समाज र अत्तरखेल युवा समाजले ठुलो सहयोगी भूमिका खेलेको थियो।

” कोहि ब्यक्ति भोको हुन नपरोस ” भौतिक सामाजिक, आर्थिक तथा मानविय सहयोग गर्ने हामी नेपाली ग्लोबल” सस्थाको उद्देश्य रहेको नेपाल काउन्सुलर श्रेष्ठले बताए।

पशुपति अन्नपूर्णा आश्रम संस्थाले नेपालभरी खाद्यान्न, न्यानो कपडा, बौद्धिक अपांग,अनाथ बालबालिका, गुरु कुल अति दुर्गम क्षेत्रमा मानबिय सेवा गर्दै आइरहेको छ। यी सेवा गर्ने हातहरुलाई निरन्तर दिदै कोभिड–१९ संक्रमणबाट बचाउन र क्षति न्युनिकरणको मनसायले “हामी नेपाली ग्लोबल” लाई खाद्यान्न र नेपालमा उत्पादन मक्स दश हजार थान आश्रमका केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्य ज्युले हस्तान्तरण गरिएको थिए। उक्ता मक्स अमेरिकमा रहेका नेपालीहरुको माग भएकोले नेपालबाट पठाउने काम भैरहेको छ।

दाताहरूलाई धन्यबाद दिदै गोकर्णेश्वर नगरपालिका वडा नं ८ का प्रवक्ता तथा वडा अध्यक्ष ढुंगानाले संकटको घडिमा सबै मिलेर अघि बद्नु पर्नेमा जोड दिएका थिए।



