1935
Shares
लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार भन्दा बढी पुगेको छ ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ले आइतबार जारी गरेको तथ्यांकअनुसार ७१० जना मानिसहरुको आज मृत्यु भएको छ । यो संगै बेलायतमा मृत्यु हुनेको कुल १० हजार ५ सय ५८ पुगेको छ ।
बेलायतमा कोरोनाको संक्रमण भेटिएका मानिसहरुको संख्या पनि बढेर ७८ हजार ९ सय ९१ पुगेको छ । यसैबीच, ब्रिटिश प्रधानमंत्री बोरिस जोनसन अस्पतालबाट आफ्नो निवास फर्किएका छन् ।
उनको स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको, तर उनी तुरुन्तै काममा नफर्किने उनको कार्यालयले जनाएको छ ।