न्यूयोर्क। हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले कोरोना भाइरसको कारणले अमेरिकामा रहेका नेपालीहरुलाई कुनै समस्या आएमा आफू र हामी नेपाली ग्लोबलका व्यक्ति विशेषलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको कारण विश्वभर रहेका नेपालीहरुलाई पनि प्रभावित पारेको छ। अमेरिकामा कोरोनाभाइरसका कारण नेपालीहरुलाई भयावह पारेको तथा भोकभोकै परेको जस्ता खवरले नेपालीहरुलाई त्रसित पारिरहेको छ। जुन कुरा सत्य नभएको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले बताउनु भएको हो।
केन्द्रिय अध्यक्ष लामाले अमेरिकामा रहेका आफन्त तथा नातागोताको वारेमा नेपालमा नेपालीहरुले धेरै नै चिन्ता गरिरहेको पाइएको र त्यस्तो चिन्ता नगर्न तथा नेपालीहरुलाई हालसम्म अमेरिकामा कहीकतै समस्या नपरेको लामाले बताएका छन् ।
यो अवस्थामा कतिपय आपत परेका नेपालीहरुलाई हामी नेपाली ग्लोबलका च्याप्टरहरुले ठाउँ–ठाउँमा सहयोग गर्दैआएको जानकारी पनि केन्द्रिय अध्यक्ष लामाले बताएका छन्।
अमेरिकामा रहेका नेपाली संघसंस्थाहरु जनसंपर्क यूएसए, न्यूयोर्क च्याप्टर, एनआरएनए लगायतका संस्थाहरु पनि अहोरात्र लागिरहेको जनाइएको छ। नेपालमा रहेका नेपाली आफन्त नातागोता तथा आमाबुवाहरुलाई चिन्ता नलिन लामाको आग्रह रहेको छ।
बर्तमान विषम परिस्थितिमा अनाहक हल्ला गरेर नेपालीहरुलाई त्रसित बनाउने कार्य कसैले पनि गर्न नहुने तथा कसैलाई विपद नै परेको भएमा आफूहरु आवद्ध रहेको नेपाली संस्थाहरुले सक्दो सहयोग गरिरहेको र अमेरिकी सरकार अनि अमेरिकी राज्यले पनि सहयोग गर्दैआएको अवस्थामा अमेरिकामा नेपालीहरुले आतिनुपर्ने अवस्था नरहेको लामाको भनाई छ।
यदि यो विषम परिस्थितिमा कुनै नेपालीहरुलाई विपद परेमा हामी नेपाली ग्लोबलका अमेरिका स्थित निम्न व्यक्ति विशेषलाई सम्पर्क गर्नहुन समेत अनुरोध छ।
कोरोना भाईरस् COVID-19) सहायता व्यक्तिहरु :
अमृत लामा – (203 640 3525) – (Connecticut), USA
नवराज केसी- (3475678512)- ( New York), USA
टेक वाईबा – (562 413 1148) – (California), USA
शोभकन्ता पाण्डे – ( 3479826008)- ( New York), USA
चिरञ्जीवी गौतम ( 8187443631)- (Los Angeles) USA
इन्दिरा त्रिपाठी – (7142648060)- (California), USA
सेबक अतरिको (567 533 4579 )- (Niagara Falls), USA
याम अधिकारी (6463442155) – (New Jersey), USA
पिताम्वर अधिकारी -(8605432738)(Connecticut), USA
घनश्याम खड्का (कनेक्टिक, न्यूयोर्क)-8606556602
गणेश अर्याल – 8608050030
छिरिङ तेन्जेन (न्यूयोर्क)- 3479936674
रामचन्द्र भट्ट (टेक्सास)- 8328169187
रमेश एमके पौडेल (टेक्सास)-6825212986
सुनिता खत्री (भर्जिनिया) -7037273067
विन्दु सापकोटा (क्यालिफोर्निया)- 4087845051
भुवन पौडेल – 8183954501
अर्जुन देवकोटा -8609134837
