लकडाउन वैज्ञानिकहरुले दिएको डाटा र प्रमाणका आधारमा हुनेछ । जस्को आधारमा लकडाउन मे महिनासम्म थपिने आकलन गरिन थालिएको छ । यद्यपि यो मिति कहिले सम्म हुनसक्छ भनेर अनुमान गर्न पनि अहिले नै छिट्टो हुने पनि बताइएको छ । बेलायतका स्कुलहरु इस्टर विदापछि पनि नखोलिने तयारी पनि थालिएको छ ।
कोरोना भाइरसको संक्रमणले प्रधानमन्त्री जोनसनको अवस्था नाजुक बने पछि अहिले उनी लण्डन सेन्ट थोमस अस्पतालमा उपचाररत छन् र उनको अवस्थामा सुधार आए पनि स्थिर रहेको बताइएको छ । उनी भेन्टिलेटरविना अस्पतालको बेडमा सास फेरिरहेका थिए । तर उनी पूर्व अवस्थामा फर्केको एक महिनासम्म बाहिर काम गर्ने अवस्था नहुने र उनलाई उपचार र हेरचाहको आवश्यकता रहने जनाइएको छ ।
प्रधानमन्त्री जोनसनले आफू २७ मार्चमा कोरोना भाइरस संक्रमित भएको जनाएका थिए ।

