3406
Shares
न्युयोर्क- विश्वभरी महामारी रोगको रुपमा फैलिएको कोरोना भाईरस् COVID-19) को सङ्क्रमणबाट बँच्नका लागि हामी नेपाली ग्लोबलले न्यूयोर्कमा रहेका नेपालीहरुलाई मास्क वितरण गरेको छ ।

सो वितरण कार्यक्रममा हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा, उपध्यक्ष नवराज केसी , शोभाकान्त पाण्डे,पवित्रा परासर लगायतको सहयोगमा जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष आनन्द बिष्टलाई ४०० थान, NRNNCC NY chapter का अध्यक्ष रामहरि अधिकारी – ३०० थान, New Jersey Area का दिपक परियार लाई- ३०० थान गरी १००० थान मास्क हस्तान्तरण गरिएको छ ।

विश्वभर छरिरहेका सम्पूर्ण नेपालीहरुलाई यो महामारीबाट बच्न अति सावधानी अपनाउन हुन ग्लोबलका अध्यक्ष अमृत लामाले
हार्दिक आपिल समेत गरेको छ।