२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

भारतमा कोरोनाका कारण एकैदिन २८ जनाको ज्यान गयो

6482 Shares
Spread the love

काठमाडौं – चीनबाट फैलन शुरु गरको कोरोनाभाइरस हालसम्म विश्वका २ सय बढी देशमा फैलिसकेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण भारतमा हालसम्म १ सय ११ जनाको मृत्यु भएको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

त्यस्तै भारतमा हालसम्म ४ हजार २ सय ८१ जना कोरोनाबाट संक्रमित भएका छन् । भने ३ सय १८ जना कोरोनाको उपचारपछि निको भएका छन् । स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा गएको २४ घण्टामा कोरोनाका कारण २८ जनाको ज्यान गएको छ भने ७ सय ४ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया