२०८३, २४ श्रावण आईतवार
×

ट्रेन्डिङ

सिलिण्डरका डल्लाको विदार्इ सुरु भयो : प्रधानमन्त्री केपी ओली

1368 Shares
Spread the love

विराटनगर – प्रधानमन्त्री केपी ओलीले विराटनगरमा पाइपबाट घरघरमा पु-याइएको ग्यासको उद्घाटन गरेका छन्। प्रधानमन्त्री ओलीले मोरङको विराटनगर महानगरपालिका १४ जतुवामा पाइपलाइनबाट भान्छामै पुगेको ग्यासको उद्घाटन गरेका हुन्।

विश्व बैंक, बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, विराटनगर महानगरपालिकाको सहयोगमा  र श्रीकृष्ण गौ सेवा सदनले निर्माण गरेर वितरण थालेको बायो ग्यासको उद्घाटन गर्दै ओलीले सिलिण्डरका डल्ला विदाइको सुरुवात विराटनगरबाट भएको बताए। सिलिण्डरको विदाई गर्ने अभियान देशैभर सञ्चालन गर्ने घोषणा पनि उनले गरे।

डेढ करोड रुपैयाँ लागतमा निर्माण गरिएको बायो ग्यास पहिलो चरणमा ४ सय मिटर पाइप ओछ्याएर ३२ घरलाई वितरण गरिएको छ। दोस्रो चरणमा ८० परिवारलाई वितरण गरिने श्रीकृष्ण गौसेवा सदनका अध्यक्ष शिवशंकर अग्रवालले बताए।

उनका अनुसार सदनले पालेको गाईको मलबाट बनेको बायो ग्यास प्लाण्टले घरघरमा पाइपलाइनबाट ग्यास पु-याइएको हो। उपभोक्ताले ग्यास उपभोग गरे वापत प्रति किलो ८४ रुपैयाँ तिर्नुपर्नेछ।

प्रतिक्रिया