२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

गोकर्णेश्वर नगरपालिका वडा नं ८ ले दोस्रो चरणमा ३०५ घर परिवारलाई राहत वितरण

1012 Shares
Spread the love

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेका अति विपन्न तथा लक्षित परिवारलाई घर घरमै गएर राहत कुपन वितरण गरेको छ ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण देशव्यापी ‘लकडाउन’ भएकाले गोकर्णेश्वर नगरपालिका वाड ८ मा बसोबास गर्ने दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आएक ३०५ घर परिवारलाई वडा समिति परिचालित भई घर घरमा गइ बिपन्न बर्ग सक्कल रुपमा पहिचान गरि आज दोस्रो चरणको राहत वितरण गरेको वडा अध्यक्ष मनोज कुमार ढुंगानाले जानकारी दिएको हो।

राहतमा चामल – ५ किलो , मुसुरोको दाल -१ किलो, चिउरा- १ किलो, चिनी- १ किलो , तेल- आधा लिटर, मसला – १ प्याकेट, नुन – १ प्याकेट, हात धुने साबुन- १ रहेको छ ।

सो राहत वितरण कार्यक्रममा वडा सदस्य नन्द लाल श्रेष्ठ, वडा सदस्य एबम काठमाडौं जिल्ला समन्वय समिति सदस्य सान्नानी लामा , वडाका कर्मचारी वडा सचिब सुदिप हमाल कर्मचारी सुस्मिता लामिछाने, टोल सुधार समितिका पदाधिकारीहरुको उपस्थितिमा राहतको कुपन वितरण गरिएको थियो ।

बेशी गाउँ युवा समुहका अध्यक्ष कृष्ण प्रसाद नेपाल सदस्य विश्व कार्की र संगम श्रेष्ठ , आतरखेल युवा समुहका अध्यक्ष सुमन लामा, सचीव दिनेश राई लगायतले राहतको कुपन वितरण कार्यमा ठुलो सहयोगी भूमिका खेलेका थिए ।

प्रतिक्रिया