२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

उपत्यकामा लकडाउन उल्लघंन गर्ने १८१९ जना नियन्त्रणमा

1115 Shares
Spread the love

काठमाडौं ।  काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय १ महिला सहित  १८ सय १९  जनालाई नियन्त्रणमा लिएको छ ।

आज विहान ६ बजे देखि दिउसो ४ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी  ५ सय ४४ वटा दुई पाङ्ग्रे र ३७ वटा चारपाङग्रे गरी ५ सय ८१ वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।
काठमाडौंबाट १५ सय २३ जना, ललितपुरबाट २ सय ७८  जना र भक्तपुरबाट १८ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर आफ्नै सुरक्षाका लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे ।

प्रतिक्रिया