२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

कांग्रेसद्वारा मुख्यमन्त्री राहत कोषमा ४० लाख सहयोग

710 Shares
Spread the love

बारा – नेपाली कांग्रेस बाराले प्रदेश नम्बर-२ को मुख्यमन्त्री राहत कोषमा ४० लाख ७५ हजार रुपैयाँ सहयोग गरेको छ ।

नेपाली कांग्रेसका बारा जिल्ला सभापति जयचन्द्र चौरसिया नेतृत्वको टोलीले सोमबार जनकपुर पुगेर ४० लाख ७५ हजारको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नम्बर-२ संसदीय दलका नेता रामसरोज यादव, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादव, नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादव लगायतको उपस्थित रहेको नेपाल तरुण दलका अध्यक्ष लोकेश सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया