२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

विश्वभर कोरोना संक्रमितको संख्या १३ लाख , साढे ६९ हजारको मृत्यु

951 Shares
Spread the love

एजेन्सी– विश्वभर कोरोनाभाइरसका कारण हुने रोग कोभिड १९ तेल लाख मानिसलाई संक्रमण भइसकेको छ । यसका कारण ७० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

जोन हप्किङ्स विश्वविद्यायले जारी गरेको जाजा तथ्यांकका अनुसार अब सबैभन्दा धेरै मृत्यु इटालीमा भएको छ । त्यसपछि स्पेन, अमेरिका, फ्रान्स तथा बेलायतमा कोभिड १९ का कारण धेरै मृत्यु भएको जछ ।

इटालीमा १५८८७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । स्पेनमा अहिलेसम्म १३०५५ जनाको र अमेरिकामा ९६५३ जनाको मृत्यु भएको छ । फ्रान्समा मृत्यु हुनेको संख्या ८ हजार र बेलायतमा ५ हजार नाघेको छ ।

गत वर्ष डिसेम्बरको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरमा पहिलो पटक मानिसमा देखिएको कोरोना भाइरस पहिलो पटक सोमबार अमेरिकामा मानिसबाट बाघ र सिंहमा पनि संक्रमण भएको छ । योसँगै विश्व अहिले कोरोनाविरुद्धको लडाइँमा होमिएको छ ।

प्रतिक्रिया