२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

यूएईमा कोरोना सङ्क्रमित नेपालीको संख्या ११ पुग्यो

746 Shares
Spread the love

काठमाडौं– संयुक्त अरब इमिरेट्समा थप ३ जना नेपालीमा कोरोना देखिएसँगै संक्रमित नेपालीको जम्मा संख्या ११ पुगेको छ। आबुधाबीस्थित नेपाली दूतावासका अनुसार आइतबार साँझसम्म कोरोना संक्रमित नेपालीको संख्या ११ पुगेको हो।

यसअघि दुई जना नेपाली उपचारपछि निको भएका छन्। बाँकी ९ जनाको अवस्था समान्य रहेको दूतावासले जनाएको छ। पछिल्लो समय युएईमा कोरोना संक्रमणको अवस्था बढ्दै गएको छ।

यूएईमा हालसम्म १ हजार ७ सय ९९ कोरोनाबाट संक्रमित बनेका छन्। १० जनाको मृत्यू भएको छ भने १ सय ४४ जना उपचारपछि निको भएका छन्।

प्रतिक्रिया