२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

कोरोनाबाट भारतमा १ सय बढीको मृत्यु, ४ हजार बढी संक्रमित

1746 Shares
Spread the love

नयाँदिल्ली : भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय नाघिसकेको छ ।

सोमबार दिउँसोसम्म मृत्यु हुनेको संख्या १ सय ९ पुगेको छ । ४ हजार ६७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८० प्रतिशत ६२ जिल्लाका छन् । सरकारी अधिकारीहरुले लकडाउनको अवधि अझै लम्ब्याउनसक्ने जनाएका छन् ।

नरेन्द्र मोदी नेतृत्वको सरकारले २१ दिने लकडाउन घोषणा गरेपछि देशभर रेल, बस तथा यातायात ठप्प छन् । अप्रिल १४ मा २१ दिने लकडाउन सकिए पनि फेरि थपिनसक्ने बताइएको छ ।
तर पछिल्लो समय लकडाउनका कारण घर फर्किन लागेका आप्रवासी कामदारहरु विभिन्न स्थानमा अलपत्र परेका छन् ।

प्रतिक्रिया