२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

कुकुरले बलात्कारीलाई टोकेपछि…

1446 Shares
Spread the love

एजेन्सी : भारतको मध्य प्रदेशको सागर क्षेत्रमा बालिका बलात्कार गर्दै गरेका युवकलाई कुकुरले टोकेपछि बालिका उम्कन सफल भएकी छन्। १४ वर्षीया बालिकालाई दुईवटा युवकले बलात्कार गरिरहेको अवस्थामा घरमा पालेको कुकुरले दुवै बलात्कारीमाथि झम्टिन पुग्यो।  कुकुरले बलात्कारीमाथि झम्टिँदै गर्दा एउटाको खुट्टामा गहिरो चोट लाग्ने गरी टोकी दियो।

शनिबार राति बालिकाकी हजुरआमाले बालिकालाई मच्छर मार्ने धुप किनेर ल्याउन भनेकी थिइन। उनी धुप किन्न बाहिर निस्कँदै गर्दा दुई युवकले  जबरजस्ती उठाएर घरनजिकै अँध्यारो ठाउँमा लगेका थिए।

त्यसपछि उनीहरुले बालिकाको मुखमा कपडा कोची बलात्कार गर्ने प्रयास गरे। त्यही बेला बालिकाले पालेको कुकुर आएर बलात्कारीको खुट्टामा गहिरो घाउ हुनेगरी टोकिदियो। उनीहरु त्यहाँबाट भागेपछि  बालिका उम्कन सफल भएकी हुन्।

भारतको मोती नगर पुलिस स्टेसनका इन्सपेक्टर विपीन ताम्राकारका अनुसार घटना शनिबार राति भएको भएपनि पीडित बालिकाले बलात्कारीको डरले आइतरबार मुद्दा दर्ता गराउन सकिनन्।

बालिकाले परिवारका सदस्यसँग घटनाबारे जानकारी गराउँदा उनीहरु अचम्ममा परे। यसअघि मदिरा तस्करीको आरोपमा जेल परेका उनीहरु तत्काल जेलबाट छुटेका थिए। घटनाको अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया