२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

न्यूयोर्कमा एकै दिन ६३०को मृत्यु, संक्रमितको संख्या १ लाख १३ हजार नाघ्यो

905 Shares
Spread the love

एजेन्सी–अमेरिकाको न्यूयोर्कमा कोरोना संक्रमणबाट एकैदिन ६ सय ३० जनाको मृत्यु भएको छ। योसँगै न्युयोर्कमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ५ सय ५६ पुगेको छ।

न्यूयोर्कमा संक्रमितको संख्या १ लाख १३ हजार ७४ पुगेको छ, जुन इटालीको कूल संक्रमितको हाराहारी हो। यसमध्ये न्यूयोर्क सिटीमा मात्रै ६३ हजार ३६ संक्रमित छन्।

न्यूयोर्क राज्यका गर्भनर एन्ड्रयु कुओमोले आगामी १४ दिनसम्ममा संक्रमण अझ बढ्ने बताएका छन्। उनले न्यूयोर्क सिटीमा संक्रमण दर घटिरहे पनि लङ आइल्याण्डमा बढ्दो क्रममा रहेकाले चिन्ताको विषय भएको बताए।

कुओमाले राज्यले अझै थप भेन्टिलेटरको खोजी गरिरहेको उल्लेख गर्दै १ हजार भेन्टिलेटर सहयोग गरेकोमा चीनलाई धन्यवाद दिएका छन्। उक्त चिनियाँ सहयोग स्थानीय समयअनुसार शनिबार आइपुग्ने बताइएको छ।

दैनिक प्रेस ब्रिफिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक स्रोतसाधन उपलब्ध गराउने विश्वास गभर्नर कुओमोलाई दिलाएका छन्। उनले संघीय सहयोग बढी प्रभावित क्षेत्रमा केन्द्रित हुने बताउँदै भनेका छन्, ‘दुर्भाग्यवश अझै थुप्रै मृत्यु हुनेछन्।’

न्यूयोर्कका मेयर बिल डे ब्लासिनोले स्वास्थ्य कार्यकर्ताको रुपमा स्वयंसेवाका लागि आव्हान गर्दै न्यूयोर्कका ८० लाख मानिसलाई सन्देश पठाएका छन्। उनले ४५ हजार स्वास्थ्यकर्मीले महामारीसँग लड्न सहयोग गर्ने आँकलन गरेका छन्।

अमेरिकाभर संक्रमितको संख्या ३ लाख नाघेको छ भने ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। विश्वभर भने

६४  हजारभन्दा बढको मृत्यु भएको छ भने १२ लाख संक्रमित भएका छन्।

प्रतिक्रिया