लण्डन । कोरोना भाइरस कोभिड-१९ ले विश्वभर हालसम्म ६२ हजार ४ सय ९१ जनाले ज्यान गुमाएका छन्। यो समाचार तयार पार्दासम्म विश्वभर ११ लाख ६२ हजार ८ सय ३४ जना संक्रमित भएका छन्। त्यस्तै २ लाख ४१ हजार ७ सय ४२ जना निको भएका छन्।
यो समाचार तयार पार्दासम्म एकै दिन युकेमा ७ सय ८ जनाले ज्यान गुमाएका छन्। कोरोनाकै कारण युकेमा हालसम्म ४ हजार ३ सय १३ जनाले ज्यान गुमाएका छन्। युकेमा ३ हजार ७ सय ३५ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै युकेमा ३७ हजार ४ सय ५५ जना संक्रमित भएका छन्।
अमेरिका पनि एकै दिन ६ सय ९४ जनाले ज्यान गुमाएका छन्। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेका छन्। अमेरिकामा २ लाख ७५ हजार २ सय ३४ जना संक्रमित पुगो छन्। अमेरिकामा १६ हजार ३ सय ३३ नयाँ संक्रमित थपिएका छन्।
त्यस्तै इटलीमा कोरोनाले अहिलेसम्म सबैभन्दा बढीले ज्यान गुमाइसकेका छन्। एकै दिन इटलीमा ६ सय ८१ जनाले ज्यान गुमाएका छन्। हालसम्म इटलीमा १५ हजार ३ सय ६२ जनाले ज्यान गुमाइसकेका छन्। इटलीमा ४ हजार ८ सय ५ जना नयाँ संक्रमित थपिएका छन्। इटलीमा अहिलेसम्म ८८ हजार २ सय ७४ संक्रमित पुगेका छन्।
स्पेनमा एकै दिन ५ सय ४६ जनाले ज्यान गुमाएका छन्। योसँगै हालसम्म स्पेनमा ११ हजार ७ सय ४४ जनाले ज्यान गुमाएका छन्। ५ हजार ५ सय ३७ जना नयाँ संक्रमित थपिएसँगै ७८ हजार ७ सय ७३ संक्रमित पुगेका छन्।
