२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

लकडाउन: कुनै समस्या परे मलाई सम्पर्क गर्नुहोलाः युवा नेता बिमल ठकुरी

2410 Shares
Spread the love

काठमाडौं । युवा नेता तथा नेपाली कांग्रेस महासमिति सदस्य बिमल ठकुरीले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’को कठिन परिस्थितिमा काठमाडौं क्षेत्र नं ३ का जनताका लागि कुनै समस्या आएमा सीधै आफूलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।

उनले आफुलाई ९८५१०५७२०३ नं मा सम्पर्क गर्न पनि अनुरोध गरेका छन्।

युवा नेता ठकुरीलेे लकडाउनको अवस्थामा विश्व स्वास्थ्य सङ्गठनले जारी गरेका आधिकारिक सूचना र नियमको पालना गर्दै सबैलाई घरभित्रै बस्न आग्रह गरेका छन् ।

युवा नेता तथा नेपाली कांग्रेस महासमिति सदस्य बिमल ठकुरीले लकडाउनले श्रमजीवी तथा विपन्न वर्गलाई दैनिक गुजारा चलाउनसमेत कठिन भएकाले तत्काल राहत प्याकेज ल्याउन नेपाल सरकारसँग माग गरेका छन् ।

सर्वसाधारणका लागि दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन औषधि उपकरणको पर्याप्त व्यवस्था, उपचारमा संलग्न चिकित्सक तथा सम्पूर्ण टिमका लागि अत्यावश्यक सुरक्षा उपकरण र उनीहरुको हौसला बढाउने खालका निर्णय लिन पनि सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया