आज हामी तपाईँलाई यस भिडियो मार्फत पूर्वयुवराज्ञी हिमानी शाहको बारेमा जानकारी दिनेछौँ , हेर्नुहोस् पूरा भिडियो ।
पूर्वयुवराज्ञी हिमानी शाह सुन्दरता र शालिनताको कारणले नेपालीहरू बीच चर्चित रहेकी छिन् । कान्तिपुर साप्ताहिकको प्रकाशन साप्ताहिकले गर्ने वार्षिक सर्वेक्षणमा यो वर्ष हिमानी नेपालको सबैभन्दा आकर्षक महिलाहरूको सूचीमा सबैभन्दा माथि एक नम्बरमा रहेकी छिन् ।
हिमानीको परिचय दिँदै साप्ताहिकमा लेखिएको छ ः अग्लो सिलित्त परेको जीउडाल, गोरो लाम्चो अनुहार र त्यसमा विशेष गरी बुनिएको बब शैलीको केस राशिमा पूर्वयुवराज्ञी हिमानी शाह परीझैँ देखिन्छिन् । ४३ वर्षको उमेरमा पनि उनको सुन्दरतामा कुनै कमी आएको छैन । प्रायः सारी, चोलोमा सार्वजनिक हुने हिमानीको हृदयस्पर्शी मुस्कानका प्रशंसक लाखौँ छन् ।
राजस्थानको पूर्वराजधिरासँग सम्बद्ध भएपनि काठमाडौँमा जन्मिएर यही हुर्किएकी सदाबहार सुन्दरी हिमानीको शालिनता एवं नम्र व्यवहारले सबैलाई मोहित तुल्याउँछ । हिमानी ट्रष्टमार्फत गर्ने समाजसेवाले उनको व्यक्तित्वलाई थप उचाइमा पुर्याएको छ ।
थप जानकारीको लागि भिडियो हेर्नुहोस्….