काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कसैलाई कोरोना पुष्टि नभएको प्रष्ट पारेको छ। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाले पोखराबाट कोरोनाको पोजेटिभ रिपोर्ट नआएको प्रष्ट पारेका हुन्।