588
Shares
काठमाडौं । नेपालमा छैटौं कोरोना संक्रमित भेटिएका छन् । उनि चैत्र ४ कतार एयरलाइन्सको क्यूआर६५२ नम्बरको फ्लाइटमा नेपाल आएका थिए । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
कोरोना संक्रमित हुने छैटौं व्यक्ति कतारको राजधानी दोहाबाट नेपाल आएका थिए । यसअघि सोही फ्लाइटमा आएका दुई जना युवतिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।