२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

कोरोना भाइरसबाट यूकेमा एकै दिन ५६३ जनाको मृत्यु

1434 Shares
Spread the love

लण्डन,  (जीएनएन) — बेलायतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५९३ जनाको मृत्यु भएको छ ।

अब बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको कूल संख्या २,३५२ पुगेको छ । इंग्ल्यान्डकी उप प्रमुख मेडिकल अधिकृत डा. जेनी ह्यारीसले मृत्युदर अर्को हप्ता अझ खराब हुने बताइन् ।

बेलायती स्वास्थ्य विभाग अनुसार बुधबार बिहान ९ बजे सम्म कोरोना भाइरसबाट २९,४७४ जना संक्रमित भएको पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा ४,३२४ नयाँ संक्रमितहरु थपिएका छन् । गत हप्ता स्वास्थ्य मन्त्रालयले प्रति दिन १०,००० जनाको परीक्षणको लक्ष्य लिएको थियो । तर अहिले दैनिक जम्मा ८,००० को मात्र परीक्षण भै रहेको छ । कोभिड-१९ को परीक्षण बढाउन सरकार माथि दबाब बढ्दै गएको छ ।

प्रतिक्रिया