२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

सर्वदलीय सरकार आजको आवश्यकता : कुश बस्नेत

1314 Shares
Spread the love

काठमाडौँ । कोरोनाको महामारीले गर्दा मानव जीवनलाई ठुलो डर त्रासको घेराउमा पारेको छ। सबै देशका सरकार प्रमुखहरु हरेक क्षेण देश र जनतालाई के कसरी यो महामारीबाट बचाउन सकिन्छ भन्ने चिन्तनमा लागेका छन। मुलुकका सबै सरोकारवाला सयन्त्रहरुलाई अझ धेरै सकृय बनाउन दैनिक छलफल,बहस र सुझाव सल्लाह द्वारा उपयुक्त बैठकको आयोजन गर्दै छन।
नेपालमा कसरी कोरोना भाईरसको महामारीबाट आमनागरिकहरुलाई बचाउन सकिन्छ भन्ने सरकारको जिम्मेवारीलाई पुरा गर्नु पर्ने दायित्व प्रधानमन्त्री ओलिले आईसियुबाट संचालन गर्दै आएको छन। बाकी बिश्वका देशहरूमा जब लकडाउनको ऎलान हुन्छ साथमा राहतकोषको प्याकेज पनि साथमा आउने गर्दछ तर नेपालको कम्युनिस्ट सरकार राहतको कुरा छाडेर PPEको समान खरित गर्दा अरबौको कमिसन लिएर भ्रष्टाचार गर्दै छ।
मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ज्युलाई डाक्टरले ६ महिना आराम गर्न सल्लाह दिएका थिए त्यसै अनुसार प्रधानमन्त्री ज्यु अहिले पुरा बेड रेस्टमा हुनुहुन्छ। उहाँ अशक्त बिरामी भएकोले बेड रेस्टको अति आवश्यकता छ। के प्रधानमन्त्रीलाई बेडरेस्टको जरुरत छ भन्दैमा देशको कार्यपालिका नै निष्क्रिय बनाउन पाइन्छ? यहि हो लाखौको बलिदानबाट प्राप्त भएको लोकतन्त्रको महत्व र उद्धेश्य???

यो महामारीले बिश्वमा अहिले परेको आपतको समस्यासित सामाना गर्न नेपालमा समयमा सर्वदलीय सरकार गठन हुनुपर्छ। यो दल उ दल भन्दा पनि पहिला आमजनताको सरकार हुनुपर्छ। तब मात्र आमनागरिकलाई महामारीबाट बचाउन सरकारले सक्ला!!! सरकारको यो प्रमुख जिम्मेवारी हो तर खै त??? लकडाउन गरेर घर जनतालाई भित्र थुन्न सक्ने सरकारले तर खै त राहत? के खाएर बाच्ने?

यो सरकार जनताको हो भने सरकारलाई जनताको चिन्ता र चेतना हुनुपर्ने थियो। तर कम्युनिस्टहरुको मात्र निरङकुश अधिनायकवादी सरकारलाई केही मतलव नै छैन। महाबिरामी प्रधानमन्त्री केपी ओलिले अहिले तुरुन्त राजिना दिएर मार्गप्रसस्त गर्नु पर्ने आमनागरिकहरुको सिङ्गो माग छ।अहिलेको आवश्यकता भनेको सकृय सर्वदलीय सरकार मात्र हो। सर्वदलीय सरकारले मात्र अहिलेको यो ठुलो महामारीलाई पराजित गर्न सक्छ।

आमजनताका माग र आवश्यकताहरुलाई परिपुर्ति गर्न सक्छ समयलाई खेर नफाली अहिले नै सर्वदलीय सरकार गठन होस ।

प्रतिक्रिया