1284
Shares
काठमाडौं / नेपाली काँग्रेस काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ बाट १३ अाैं महाधिवेशनमा महासमिति सदस्यमा निर्वाचित, समाजसेवी गजेन्द्रकुमार लामाकाे निधनप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ।
नेपाली कांग्रेस प्रदेश संसद एवम प्रदेश नं ३ दलका सचेतक तथा संसद माननीय छिरीङ दोर्जे लामाले एक निष्ठावान नेतृत्वलाई गुमाएको भन्दै लामाकाे निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन्। बिहीबार भारतकाे दिल्ली स्थित मेदान्त अस्पतालमा उपचारका क्रममा लामाकाे निधन भएकाे हाे।

स्वर्गीय लामा नेपाली कांग्रेस काठमाण्डौ ३ बाट निर्वाचित महासमिति सदस्य, लुम्विनी विकास कोषका पुर्व उपाध्यक्ष, बौद्धनाथ क्षेत्र विकास समितिका पुर्व अध्यक्ष, नेपाल अपाङ्ग संघका पुर्व अध्यक्ष, नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका पुर्व अध्यक्ष र चक्र फाउण्डेसनको अध्यक्ष थिए।