२०८३, २४ श्रावण आईतवार
×

ट्रेन्डिङ

निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने युवक २५ दिनपछि पक्राउ

1405 Shares
Spread the love

कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई बलत्कारपछि हत्या गर्ने युवकलाई घटना भएको २५ दिनपछि प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरिपालिका –२ उल्टाखामकी पन्तलाई बलत्कारपछि हत्या गरेको आरोपमा स्थानीय युवक दिलिपसिंह बिष्टलाई केन्द्रीय अनुसन्धान ब्यूरो र कञ्चनपुर प्रहरी टालीले पक्राउ गरेको हो ।

बिष्टलाई प्रहरीले जिल्ला अदालतबाट म्याद थप गराएपछि सार्वजनिक गर्ने कञ्चनपुर प्रहरीका एक अधिकृतले नयाँ पत्रिकालाई बताए । ‘हामीले हत्यारालार्इ पक्राउ गरेका छौँ, केही समयमा सार्वजनिक गर्ने तयारीमा छौँ’ ती अधिकृतले भने ‘सार्वजनिक गरेपछि सबै थाहा भइहाल्छ ।’

साउन १० गते हराएकी पन्तको ११ गते घर नजिकैको उखुबारीमा मृतावस्थामा शव भेटिएको थियो । शवको पोष्टमार्टम रिपोर्टले बलत्कारपछि हत्या भएको पुष्टि भइसकेको छ ।

प्रतिक्रिया