२०८३, १६ असार मंगलवार
×

ट्रेन्डिङ

एसियाडमा सहभागी हुने टेबुल टेनिस टोलीलाई प्रचण्डद्वारा बिदाई

2098 Shares
Spread the love

काठमाडौं। इन्डोनेसियाको राजधानी जाकर्तामा जारी १८ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुल टेनिस खेलाडीले सोमबार बिहान  नेकपा अध्यक्ष प्रचण्डसँग बिदाइ भेट गरेका छन्। टोलीसँग भेट गर्दै प्रचण्डले टेबुल टेनिस खेलबाट एसियाडमा देशको नाम राख्न शुभकामना दिए।

आफूलाई पनि टेबुल टेनिस खेल औधी मनपर्ने बताउँदै उनले भने, ‘राम्रो खेल प्रदर्शन गर्नुहोस्, मेरो तर्फबाट जीतको शुभकामना छ।’ सो अवसरमा अध्यक्षले टेबुल टेनिस खेल सबै उमेर समूहका लागि उपयुक्त खेल भएको बताए।

राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा टिम मेनेजर सुदिल शाहीले अध्यक्ष प्रचण्डसँगको भेट पश्चात खेलाडीहरुमा थप उर्जा र हौसला बढेको बताए। अध्यक्ष प्रचण्ड आफू पनि राम्रो टेबुल टेनिस खेलाडी भएकाले सो प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई उनले राम्रो खेल प्रदर्शन गर्न प्रोत्साहन गरेको मेनेजर शाहीले बताए।

सो खेलमा अनिल घिमिरे र संजीव ढुंगेल प्रशिक्षकद्वयका साथ खेलाडीहरु नविना श्रेष्ठ, स्वेच्छा नेम्वाङ, रविना महर्जन, स्यान्टु श्रेष्ठ, अमरलाल मल्ल, दीप सावन सहभागी हुनेछन् । दुई दिन अगाडि सुरु भएको एसियाडमा नेपालसहित ४५ राष्ट्रले भाग लिइरहेका छन् भने उनीहरुले ४ सय ६५ खेलहरुमा भाग लिइरहेका छन्।

प्रतिक्रिया